अर्घाखाँचीमा ६ सय २२ जनाले कोरोना जिते

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टाममा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा ३ जना रहेका छन । योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या ६ सय ९३पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ सय २२ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ५९ जना रहेका छन ।कोरोना बाट हाल सम्म जिल्ला मा मृत्यु हुनेको संख्या १२ पुगेको समेत खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !