वार कि पार गर्ने गरी ओली-प्रचण्डबीच ‘राजनीतिक लडाईं’

काठमाडौं, २ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई बुँदे सहमति गरेको मसी सुक्न नपाउँदै विवाद चर्किएको छ । हिजो गरेको सहमति दुवैले पालना नगरेपछि विवाद चर्किएको हो ।प्रधानमन्त्री ओलीले सहमति अनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएका छैनन् । बरु उनले अध्यादेश बमोजिम आज झण्डै परिषदको बैठक राखेर निर्णय लिएका थिए । उनले अध्यादेश फिर्ता लिने छाँट देखाएका छैनन् । बरु अलमल गर्न थालेका छन् ।

ओलीले अध्यादेश फिर्ता नलिएपछि नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पनि सचिवालय हुँदै स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ताको घोषणा गरेका छैनन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन फिर्ता नभएको हिजो नै स्पष्ट पारिसके ।अध्यादेश फिर्ता लिने सहमति बालुवाटारबाट नभएपछि खुमलटारमा असन्तुष्टि बढेको छ । बरु बालुवाटारबाट थप तयारी भएको छ । प्रधानमन्त्री ओलीले सत्ता संकट टरेको सुनिश्चितता नभएसम्मका लागि विभिन्न तयारीहरु थालेका छन् । संसद अधिवेशन डाक्नुपर्ने अनिवार्य अवस्था पुषको तेस्रो हप्तामा आउँदैछ । त्यस अगावै उनले कडा कदम चाल्नसक्ने बुझिएको छ ।

ओलीले अध्यादेश फिर्ता नलिई आक्रामक कदम चाल्न खोजेपछि प्रचण्ड पनि सांसदहरुको हस्ताक्षरसहित तयारी अवस्थामा छन् । कुनैपनि बेला विशेष अधिवेशन डाकिहाल्ने उनको तयारी छ ।

नेकपाभित्र अबको दुई हप्ता निकै ठुलो संकट आउनसक्ने देखिएको छ । यसलाई टार्न कि ओली ब्याक हुनुपर्छ कि प्रचण्ड । तर, दुवै आक्रामक रणनीतिका साथ ठिक्क परेपछि दुर्घटनाको खतरा बढेको छ । हिजोको सहमति आलटाल र रणनीतिक थियो । त्यसैले पालना पनि भएको छैन । बरु दुवै पक्ष आ आफ्नो तयारीमा लागेका छन् । अब ओली र प्रचण्डबीच निर्णायक संघर्ष चलेको छ । अबको दुई हप्ताभित्र वार कि पार हुने निश्चितप्रायः छ ।रिपोर्टस नेपाल

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close