खड्काले ल्याए ‘मालती मंगले’

खड्कासँगै यसमा दीपा कोइरालाको संयुक्त लगानी

शक्ति महत/सबैको सन्देश
नेपाली लोकदोहोरीमा गायक तथा शब्द सर्जककको परिचय बनाएका सागर खड्काले तीज गीत ‘मालती मंगले’ बजारमा ल्याएका छन् । लोकदोहोरी गायीका शान्ती श्री परियार र सागर खड्काको स्वर रहेको गीतमा झलक संगीतमले संगीत भरेका छन् । खड्कासँगै यसमा दीपा कोइरालाको संयुक्त लगानी रहेको छ ।
नेपाली संस्कृतिको जगेर्ना गर्न आफुले तीज गीत ल्याएको खड्काले बताए । सबै गीतले मौलिकपन कायम गर्न सक्नुपर्ने भन्दै गायक खड्काले आफूले अझैपनि यस्तै गीत ल्याउने बताए ।
यसभन्दा अगाडी बैदेशिक रोजगारीमा जाँदा भाषाको समस्या हुदाँ नेपालीले भोग्नुपरेको समस्या ‘बुझ्नलाई गाह्रो भो अरेबीको कुरा’ बजारमा ल्याएका उनको सो गीतले सबैको मन छोएको थियो । उनका दर्जन बढी गीत बजारमा रहेका छन् ।
अर्घाखाँचीको बाँगीमा जन्मिएका उनी बुटवल कार्यक्षेत्र बनाई गीत संगीतमै सक्रिय छन् ।  उनको यो तीज गीत डिजीएस नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस्तो छ गीत

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close