रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्न टेन्डर आह्वान

काठमाण्डौ ।दुर्घटनाको उच्च जोखिम रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।सडक विभागले आज सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो । ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागको उपमहानिर्देशक विजय जैशीले जानकारी दिनुभयो । दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ ।सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट परेको थियो । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close