अर्घाखाँचीमा थप ९ जनामा कोरोना पुष्टि

सबैको सन्देश /सन्धिखर्क ।
अर्घाखाँचीमा बुधबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा छत्रदेव गाउँपालिकामा ७ जना र सन्धिखर्क नगरपालिकामा २ जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ७ सय६४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसमध्ये हाल सम्म कोरोना निको भएर ७सय १ जना कोरोना निको भएर डिस्चार्ज भएका छन । अब जिल्लामा ५० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु भईसकेको छ ।
कमेन्ट गर्नुहोस !