केपी शर्मा ओली नेतृत्वको नेकपा अर्घाखाँचीको बैठक सम्पन्न

अर्घाखाँची ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठक जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
बैठकमा मन्तव्य राख्दै केन्द्रीय कमिटीका सदस्य नजिर मियाले बैदेशिक शक्तिकेन्द्रको ईसारामा प्रचण्ड ,माधव समुहले पार्टी फुटाएको आरोप लगाउँदै पार्टीको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा दृढता पुर्वक उभिएर संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
जिल्ला पार्टी अध्यक्ष चेतनाराणय आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कमिटीका सदस्य रामजी प्रसाद घिमिरे ,नरेन्द्र कुमार क्षेत्री ,बिजुला रायमाझी ,प्रदेश कमिटीका सदस्य कुटमदिन अली लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले पालिका तथा वडा कमिटी बिस्तार गरि आयोजक कमिटी बनाउने ,यहि माघ १७ गते सम्म पालिका कमिटीको बैठक बसी वडा कार्यकर्ता भेलाको मिति तय गर्ने,जनसंगठनको वडा र पालिका स्तरका भेला माघ मसान्तसम्म सम्पन्न गर्ने,सदस्यता अध्याबधिक र संकलित रकम माघ मसान्तसम्म जिल्ला पार्टी कार्यालयमा पठाउने,भोलि माघ १२ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष उपस्थित दाङको भेलामा जिल्ला र पालिका स्तरका अगुवा नेता सहभागी हुने लगायतका निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close