कक्षा १२ को नतिजा आज सार्जजनिक हुने

काठमाण्डौ ।कक्षा १२ को नतिजा आज सार्जजनिक हुने भएको छ । जसको लागि राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । यता बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बताउनुभयो । ‘बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close