घरेलु हिंसा र आत्महत्या न्यूनीकरण लगायतका सचेतना मुलक कार्यक्रम सन्धिखर्कमा सम्पन्न

भावना मगर /अर्घाखाँची ।

सामाजिक कुरीती,घरेलु हिंसा र आत्महत्या न्यूनीकरणका लागी २ दिने सचेतना मुलक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । संञ्चारीका समुह लुम्बिनी प्रदेशको समन्वय तथा आन्तरीक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासे, मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री,छत्रदेब गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ,पाणिनि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्थानीय पालिकाका न्यायीक समितिका सदस्यहरु, मेलमिलाप कर्ता, प्रहरी संघसंस्थाका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको आन्तरीक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव रविलाल पन्थ,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम,नेपाल हिन्दु राष्ट्र महासंघका अध्यक्ष नारायण खनाल, नेपाल रेडक्रसका सोसाईटी अर्घाखाँची अध्यक्ष कुशल भुसाल लगायतले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम आन्तरीक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका कानुन अधिकूत अमिता खनालको अध्यक्षता तथा संञ्चारीका समुह लुम्बिनी प्रदेश सचिब अमूता अनमोलको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close