आज नेपालका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै

सबैको सन्देश /काठमाण्डौ ।गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यो पर्व काठमाडौ उपत्यकालगायत देशका अन्य विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ ।राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ ।विशेष गरि मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !