पत्रकार महासंघ अर्घाखाँचीको साधारण सभा सम्पन्न

सन्धिखर्क ।पत्रकार महासंघ अर्घाखाँचीको शाखाको साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।उक्त कार्यक्रमको उद्घाटन मा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेश सचिव शुक्रऋषि चौलागाईले पत्रकारका कुनै पनि हक हितको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
विशेष गरि पत्रकारको क्षमता अभिवृद्धि ,आवश्यक निती, नियम ,कानुन सम्बन्धी कार्यक्रम अहिलेको आवश्यकता भएता पनि विविध कारणले संचालन नगरिएको अबको दिनमा छिटै लुम्बिनि प्रदेश का सबै जिल्ला मा सहकार्य गरि क्षमता वृद्धि कार्यक्रम संचालन गर्ने चौलागाईले जानकारी दिनुभयो।कार्यक्रम मा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति बिष्णु भुसाल, पुर्ब अध्यक्ष निम बहादुर रिजाल, प्रदेश सदस्य तथा निबर्तमान अध्यक्ष शोभाखर पन्थी, प्रदेश सदस्य प्रेमनारायण आचार्य,अशोक खनाल,प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी,प्रेस सेन्टरका हृदय भुसाल,सबिता आचार्य प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्रि, प्रेस नेपालका केन्द्रिय सदस्य दिनेश सुनार , जनपत्रकार संघठन नेपालका केन्द्रीय सदस्य अनिल नेपाली, पत्रकार महासंघका पुर्व सचिव तथा हालका जिल्ला सदस्य सहयोगी बिसी महासंघका सदस्य बिष्णु मुस्कान, छमकुमारी खनाल, गोपाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै जिल्ला मा खोज पत्रकारीताको विकास गर्न आग्रह गदै यस मा समिक्षा गर्न पनि सम्पुर्ण पत्रकार लाई आग्रह उहाँहरुले आग्रह गर्नुभएको हो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मतब्य र सचिव सुर्य भुसालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बिनोद गैरेको आर्थीक प्रतिबेदन पेश गर्नुभएको हो । साथै साधारण सभाको बन्द शत्र पनि सम्पन्न गरेको छ । छ । बन्द शत्रले पत्रकारको क्षमता अभिवृद्वीको कार्यक्रम लगायतका ७ बुँदे महत्वपुर्ण निर्णय समेत गरेको छ ।
कमेन्ट गर्नुहोस !