प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गदै नेविसंघ वाणिज्य क्याम्पसद्वारा दिपप्रज्वलन

भुवनेश्वर अधिकारी/ बुटवल।
प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागतमा नेविसंघ वाणिज्य क्याम्पसद्वारा दिपप्रज्वलन गरेको छ ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसका नेता कार्यकर्ताहरुले पनि यसको स्वागतमा दिप प्रज्वलन गरेका छन्। फैसला लगत्तै नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका नेता कार्यकर्ताहरुले बुटवलको देविनगर स्थित चौपारिमा सर्वोच्च अदालतललाई धन्यवाद दिदै दिप प्रज्वलन गरेका हुन्।
नेविसंघका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा र नेविसंघको झण्डा सहित दिप प्रज्वलन गरेको विद्यार्थी नेता भुवनेश्वोर अधिकारिलेबताए । दिप प्रज्वलन कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय नेता टङक पान्डे लुम्बिनी वाणिज्य क्याम्पसका इकाई सभापति नेता सुरज क्षेत्रि लगायतका नेता कार्यकर्ताहरु सहभागि थियो।
कमेन्ट गर्नुहोस !