ओली नेतृत्व गरेको पार्टी संसदको सामना गर्न चार विकल्प छनः मन्त्री रायमाझी

काठमाण्डौं ।फेरि मध्यावधि चुनावमा जानसक्ने उर्जामन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ ।नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले ‘सके सरकार बनाउने, कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना छ । यो परिस्थिति एक नम्बरमा छ ।ओलीले नेतृत्व गरेको पार्टी संसदको सामना गर्न तयार रहेको भन्दै उहाँले चार विकल्प सुनाउनुभएको हो ।

पहिलो प्रचण्ड–माधव समूहले अरु पार्टीको नेतृत्वमा सरकार बनाउने ।

दोस्रो ओली समूह र अर्को पार्टी मिलेर सरकार बनाउने । उहाँले ओली र कांग्रेस मिलेर सरकार बन्न सक्ने पनि बताउनुभयो ।

तेस्रो नेकपा एकीकृत भएर वर्तमान सरकारलाई निरन्तरता दिने ।

चौथो अविश्वासको प्रस्ताव फेल हुने र ओली सरकारले नै निरन्तरता पाउने ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close