तानातानमा नेकपा सांसद

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् ।पुष्पकमल दाहाल र माधव नेपाल समूहका बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दावी गरेको छ । यसै कारण सांसद तानातानमा परेका हुन् ।

फैसलाअनुसार प्रतिनिधिसभाको अब बस्ने बैठकमा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ ।प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन् ।

ओली समूहको सांसदमा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ ।दाहाल नेपाल समूहले सांसदमा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् ।‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्’, उपप्रधानमन्त्री ईशवर पोखरेलले दाहाल नेपाल समूहलाई चुनौती दिएका छन् ।

‘ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई बनाउनुको कारण पनि सांसदलाई ह्विप लगाउन दाहाल नेपाल समूहमा रहेका गु्ररुङलाई हटाएर भट्टराइलाई ल्याइएको हो’, ओली निकट स्रोतले भन्यो ।ओलीले शुक्रबार पनि निकटका नेताहरुसँग आफूले राजिनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका छन् । नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close