गजल- म बनाउन्छु !

-सुरेश अर्याल
मोटर बनाउछु म अब,कार बनाउछु
अनेक चिज बनाउने,बिचार बनाउछु (१)
गरिबिलाई हटाएर धनी बनाउन ,
रुख् रोप्छु पैसाकै लाख,हजार बनाउछु (२)
अपराधी को-को छन,भन्नुस् हजुरहरु ,
खोजी खोजी थुन्न,कारागार बनाउछु (३)
सुस्ता बेच्ने तराइ बेच्ने,दलाल हरुलाई
छानिछानि समातेर,अचार बनाउछु (४)
भ्रष्टाचारी बजियाको कान समातेर
सिस्नुपानी लगाइ नाङेझार बनाउछु (५)
शेरे, दहाल, माकुने खोकी धेरै भाछ
सब्लाई यहाँ प्रिथ्बिको,भार बनाउछु (६)
गरिखान्छु भन्ने हरु मेरो पछी आउ
देशभक्ती मनहरुलाई,यार बनाउछु (७)
–नलाङ ३, धादिङ निवासी गजलकार अर्याल भौतिकशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !