सुनको मुल्य घट्यो

बुधबार एकाएक सुनको मुल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार बजार खुल्नासाथ तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ । साउन २७ गते तोलामा १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बुधबार ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यही साउन २३ मा तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य त्यसपछि भने क्रमशः घट्दै आएको हो । भाउ घट्न सुरु गरेको पहिलो दिन तोलामा २ सयमात्र कम भएको थियो । आज सुनचाँदी बजारमा तेजावी सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !