समृद्धि !

समृद्धि \कृष्ण प्रसाद आचार्य। समय मिलाएर एकैछिन आउ सबै एकजुट बनौं एउटा सभा गरौं र सामुहिक मुर्दावाद लगाऔं – भद्र , मायालु सेक्स प्रस्ताब नमाने पछि हल्का बल गर्दा उल्टै प्रतिकारमा उत्रने दुस्साहसको विरुद्ध रीष थाम्न नसकेर मारिएका दोषी बलात्कृतहरुका विरुद्ध !

भगवान जस्ता श्रीमानको आदेश नमान्दा श्रीमानले रीष थाम्न नसकी हल्का धकेल्दा भित्तामा टाउको ठोकाएर मरेका अपराधी श्रीमतीहरुका विरुद्ध !!

भोक खप्न नसक्ने व्रत बस्न नसकेर संरक्षित पवित्र घोंगी टिप्न खोला पस्दा दुइचार थप्पड खप्न नसकेर मरेका दुर्बलहरूका विरुद्ध ! बस्ने ठाउँ कतै नपाएर खोलाको बगर अतिक्रमण गरि बस्दै घर आगो लगाउन बाध्य बनाउने हात्ती लगाएर भत्काउने दु:ख दिने अटेरीहरूका विरुद्ध !!

अरू यस्तै यस्तै अनेकौं अपराध गर्दै राम राज्यको खिल्ली उडाउने भोका, नाङगा अभद्र, अशिष्टहरुका विरुद्ध !

अनि केही बेर भजन गरौं किर्तन गरौं आरती गरौं र दुनियाँलाई चकित पार्दै सामुहिक घोषणा गरौं – `हेर ! हामीले बारम्बार घोकाएको समृद्धि आइसक्यो रामराज्य आइसक्यो !!

लेखक कृष्ण प्रसाद आचार्य सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा जन्म भई हाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्था खानेपानीको कार्यालय प्रमुख पदमा रहि कार्यमा काम गदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close