खाडीको संदेश

बिराज घिमिरे /भुमिकास्थान नगरपालिका अर्घाखाँची । बच्चा बेलामा कसैले सोध्यो, सबैभन्दा गाह्रो काम के हो प्रतिक म फ्याट्टै जवाफ दिन्थेँस् पढ्नु नपरे हुन्थ्यो। विभिन्न बाहाना, घरको दवाब र गाली सुन्दै स्कुल गयो, स्कुल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो। स्कुल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै बस्थेँ। पढ्दै गयो जब घडिमा ४ बज्थ्यो त्यो जति रमाइलो क्षण केही लाग्दैनथ्यो। अझै भनौँ गर्मी, जाडो या दशै बिदाको अघिल्लो दिन घर फर्किदाको रमाइलो पल।

बिस्तारै समयले गति लिँदै गयो, समयसँग उमेर पनि बढ्दै गयो। पढाईमा धेरै अल्छी गरेकोले होला भनेजस्तो र चाहेजस्तो केही पनि भएन। घर परिवारको एक्लो छोरो, बुबा आमा किसानी गरेर पढ पढ भनिरहनु हुन्थ्यो तर मलाई पढाइमा रुचि नै लागेन। स्कुल जाँदा होस् या घरमा मलाई जेसुकै कार्य गर्दा पनि गीत सुन्दै र आफू गुनगुनाउँदै गर्न मन लाग्ने, केही मिल्दा साथिहरु आउँथे मैले गाएको सुनेर हाँस्थे अनि केही शब्दहरु होंच्याएर भन्थे अनि जान्थे।

पढाइमा कमजोर खासै जवाफ दिन सक्दैनथेँ, रिसाएर ढुङ्गा फाल्न खोज्यो उनिहरु भागिहाल्थे। राम्रो गतिमा पढाइ नभएपछि एउटि बहिनी र घरको खर्चको लागि माध्यामिक तहको पढाइ सकेर वैदेशिक यात्रामा निस्किनु पर्यो। घरबाट निस्कदा बुबाले भन्नुभयोस् राम्रो पढेको भए यहीँ केही गर्नु हुन्थ्यो छोरा पढेनस, विदेशमा त धेरै संघर्ष गर्नुपर्छ, घरको अवस्था यस्तो छ, साहुबाट लिएको ऋण समयमै बुझाउन सकिएन भने हामिलाई उठिबास नै लाउँछन, अलि सोचेर गहन रुपमा कार्यमा लाग्नु। गुवाभरी आँखामा आँसु लिएर आशीर्वाद दिइरहनु भएकी आमालाई र बहिनिलाई हिँडे है भन्दै म घरबाट निस्किएँ। घरभन्दा केही तलको राजन दाइसँग मेरो यात्रा काठमाडौ हुँदै दुबईको एक ठूलो शहरमा गएर रोकियो। जहाजबाट ओर्लनासाथ त्यहाँको त्यो गर्मीले एकैछिन त मलाई आगो माथि बसेझैँ भयो।

बुटवलको गर्मी त सहन नसक्ने म अर्घाखाँचीको मान्छे यस्तोमा कसरी बस्ने होला भन्दै सोंचिरहेको थिएँ। अनि राजन दाइलाई सोधेँस् दाई काम गर्ने ठाउँमा त एसीको व्यवस्था हुन्छ होला नि हैरु उनले उत्तर दिएस् ठाउँ हेरेर हुन्छ भाइ। केही समयको यात्रा पछि हामी लालीगुराँस नामक कम्पनीमा पुग्यौँ। त्यहाँबाट भित्र छिरेपछि राजन दाइले एकैछिन यहीँ बस्दै गर म मालिकलाई भेटेर आउँछु भन्दै माथि गए। करिब १ घण्टा को कुराइ पछि उनी एउटा नेपाली मान्छे सहित तल आएर भनेस् भाइ प्रतिक तिमी धेरै भाग्यमानी रहेछौ, यहीँ कम्पनीमै काम पायौ। केही समय यहीँ गर भाषाहरु बुझ्दै गएपछि चित्त नबुझे अरु खोजौँला।घरमा बुबासँग राम्रो ड्राइभिङ्गको काम पाइन्छ, तलब पनि राम्रै दिन्छ भन्दै आशा देखाएका थिए उनले। त्यतिकैमा मैले सोधेँस् दाइ काम ड्राइभिङकै होरु उनले भनेस् मैले सबै यो भाइलाई भनेको छु, उ पनि नेपाली नै हो, तिम्रो सबै हेरचाह उसले गर्छ।अब केही समय मेरो बाहिर पनि केही कामहरु छन म आउँदै गर्छु। त्यतिकैमा थपेस् अँ साच्चै, घरमा कुरा गर है त। त्यहीँको फोनबाट घरमा फोन लगाइदिए, सकुशल पुगेको र त्यहीँ कम्पनीमा जागिर पाएको कुरा घरमा भनेँ।

पहिलो पटक घरबाट यसरी बाहिर निस्किएको म, सबै कुराहरु नौलो मानिरहेको थिएँ। राजन दाइसँग आएको अर्को मान्छेसँग परिचय भयो, उसको घर पुर्वी नेपालको झापामा पर्ने रहेछ र उसको नाम कमल पराजुली रहेछ। हाम्रो परिचयसँगै राजन दाइ त्यहाँबाट निस्किए र मलाई कमलले हामी बस्ने ठाउँतिर लग्दै भनेस केही समय तिमी अलि गाह्रोसँग बस्नुपर्छ, भाषाको केही समस्या पनि हुन्छ होला तिमिलाई बिस्तारै सिक्दै जानेछौ। विभिन्न कुराहरू सोध्दै उनले एउटा अँध्यारो र पुरानो घरभित्र छिराए। एउटा निकै अँध्यारो कोठा देखाउँदै उनले भनेस् अहिलेलाई यहीँ आराम गर्दै गर। अन्य नेपाली साथिहरु पनि छन, अहिले काममा गएका होलान् । भोलि उनिहरुसँगै काममा आउनु हामी त्यहीँ भेट्नेछौँ। यति भनेर उनी त्यहाँबाट निस्किए।
साँझको करिब ५ बजेको थियो, म गर्मीले न सुत्न सकेँ न त्यहाँ बस्नै। निकै फोहोर ठाउँ विभिन्न दुर्गन्ध आउने, घरको विभिन्न यादहरु आयो। साँझको समय केही खाने कुरा छ कि भन्दै यता उता हेर्न खोजेको किचन पनि निकै फोहोर, कसरी बसेका होलान् यस्तोमा नेपाली साथिहरुरु भोली राजन दाइलाई बोलाएर भन्नुपर्यो भन्ने सोचेँ। भोक पनि लागि रहेको थियो, रातको करिब ११ बजेको थियो त्यतिबेला बल्ल नेपाली साथीहरू आए। मलाई देखेपछि एकजनाले सोधिहालेस् को हो तिमीरु नेपालबाट आएका हौरु अनि यहाँ कसरीरु
मैले परिचय सहित सबै कुरा भनेँ। त्यतिकैमा विकास नाम गरेका एकजनाले भनेस तिमिलाई पनि त्यो राजनले फसायो होइनरु उ एक दलाल हो, यस्तै गरेर धेरै नेपालीहरुलाई यहाँ ल्याएर छाड्छ अनि आफू कहाँ हराउँछ पत्तै हुँदैन उसले भावुक हुँदै थप्योस् यहाँको गर्मी, एसीहरु केही दिँदैन, हामिलाई त बानी लागि सक्यो। किचन बाहेक अरु कोठामा लाइट पनि छैन। ग्यास सकियो किन्नलाई पैसा हुँदैन, तलब पनि समयमा दिदैनन् ।दिएपनि आधा मात्रै दिन्छन। ८ घण्टा भनेर काममा लागियो १५ घण्टा काममा लगाउँछन, ओभरटाइमको पैसा पनि पाइदैन। यस्तोमा कोठा दियो गैरकानुनी रुपमा राखेको छ, बाहिर हिँड्न समेत समस्या हुन्छ। भागेर हिँडेपनि कहाँ जानू रु कसरी जानुरु कम्पनिको नाम नेपाली भएपनि मालिक रसीया को छ।

यो अर्को साथीको आएको २६ दिनमा आमा बित्नुभयो, तर कम्पनीले बिदा दिएन। रुन्छ, चिच्याउँछ, बेहोस हुन्छ तर हाम्रो आवाज सुनिदिने कोहि हुँदैन। प्राय नेपाली आफ्नैले गर्दा फसेका छन यस्तोमा फेरि तिमी पनि थपियौ।
उक्त विकास नामको साथीका कुराहरु सुनेपछि म छाँगाबाट खसेजस्तै भएँ। भर्खर माध्यामिक शिक्षा सकेर आएको म, उसका कुराले मेरो शरीर कापीरहेको थियो। आफ्नो जीवन नै अन्धकारमा फसेको जस्तो लाग्यो। म केही बोल्न सकेन, धेरै आत्तिएको देखेर एउटाले भन्योस् भाग्यमा जे लेखेको हुन्छ त्यहीँ हुन्छ के गर्नु न आत्तेउ।

अघिसम्म लागेको भोक पुरै हरायो पानी बाहेक केही पनि खान सकेन त्यो दिन। उनिहरुसँग धेरै बोल्न पनि सकेन, आजलाई खाना खाएर सुतौँ भोलि भोलि सल्लाह गरौँला के गर्ने भन्ने बारे भन्दै थिए उनिहरु। एकैछिनको गफगाफ पछि कामबाट आएका उनिहरु सुते। गर्मीले कता जाउँ भन्ने भएको म निकै गम्भीर भएर घरमा रहँदाका कुराहरु सम्झिएँ, हिँड्ने बेला बुबाले भनेको कुरा मानसपटलमा चलिरहयो। त्यो रात निद्राले छोप्नै सकेन।।।।
त्यसपछि के भयो होला प्रतिकलाईरु अब के गर्छ त उसलेरु काम कस्तो पायो होलारु
आगामी दोस्रो भागको प्रखाईमा बस्नुहोला।।।।

९कल्पनामा आधारित भएपनि यस कथाले विदेशीएका थुप्रै नेपालीहरुको सत्यता बोलेको छ०

लेखक✍️✍️ बिराज घिमिरे अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जन्म भई हाल अध्यानको शिलशिलामा काठमाडौं छन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker