अर्घाखाँचीका पुराना कम्युनिस्ट नेता रामचन्द्र पोखरेल

नाम:- रामचन्द्र पोखरेल
साबिक अर्घा गाउँ पंचायत हाल सन्धिखर्क २ भलाडाँडा बुबा चन्द्रकान्त पोखरेल र माता कर्म कुमारी पोखरेलको एक मात्र छोराको रूपमा २००३ बैशाख ३ गते जन्मनु भएको थियो।
२ दिदी मध्ये १ ( सन्धिखर्क ८ पकले ) अर्को दिदी पाणिनी हराबोटमा बिबाह भएको थियो।
उहाँको
२०१५ सालमा सन्धिखर्क ११ आफ्र निवासी पंडित रुद्रनाथ आचार्य र उमकला आचार्य को जेठी छोरी चित्रकला आचार्य संग शुभ बिबाह सम्पन्न भएको थियो।
उहाँका ३ छोरा र ५ छोरी रहेका छन।जेठो छोरा शुदर्शन पोखरेल र बुहारी मिना रुपन्देहीको रामापुरमा ब्यबसायिक कृषि पेशामा संलग्न हुनुहुन्छ।माईलो छोरा डा.अम्मरिस पोखरेल बुहारी भगबती पोखरेलका साथ जापानमा हुनुहुन्छ भने कान्छो छोरा बासुदेब पोखरेल दुबईको एक कम्पनीमा डाईरेक्टर हुनुहुन्छ उहाँको पारिबारिक बसाई काठमाडौ रहेको छ।
जेठी छोरी शाबित्रा पोखरेल र ज्वाइँ डम्बर श्रेष्ठ ( अर्घाखाँची सन्धिखर्क १) त्रिभुवन बिश्व बिधालयमा प्राध्यापक हुनुहुन्छ।
माइली छोरी बिमला पोखरेल स्टापनर्स पास गरि सन्धिखर्कमा मेडिकल संचालन गरि बस्नु भएको छ भने ज्वाइँ चोप नारायण बन्जाडे ( सन्धिखर्क २) अर्घाखाँची आबासिय उच्च मा. बि. को सहायक क्याम्पस प्रमुख हुनुहुन्छ।
साईली छोरी रमा पोखरेल डिग्री अध्ययन सकेर काठमाडौ हुनुहुन्छ भने ज्वाइँ मोहन बेल्बासे ( दाङ ) हाल डोल्पा जिल्ला अदालतमा उपसचिब हुनुहुन्छ।काईली छोरी यशोदा पोखरेल BN अध्ययन सकेर प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुनुहुन्छ भने ज्वाइँ पुरुषोत्तम पंथी ( गुल्मी भनभने ) नेपाल हाईडो पावर कम्पनी बुटवलमा मेकानी इन्जिनियर हुनुहुन्छ।
कान्छी छोरी सुनिता पोखरेल ब्याचलर अध्ययन सकेर काठमाडौ हुनुहुन्छ भने ज्वाइँ इन्जिनियर लक्ष्मण आचार्य ( छत्रदेब अर्घाखाँची ) काठमाडौमा कन्सल्टेसी खोलेर बस्नु भएको छ।
रामचन्द्र गुरुको प्रारम्भिक शिक्षा हरिहर संस्कृत पाठशाला खिदिममा लिनु भएको थियो।मध्य कोमुदी काव्य पढेपछि बनारस पढन गएर पुर्ब मध्यमा,उत्तर मध्यमा ,तिर्तिया खण्ड पुरा गर्नु भएको थियो।त्यसपछि साधुबेला महाबिधालय सकरगन्ध उत्तर प्रदेश बाट हाईस्कुल र आदर्श कलेज आदर्श कलेज बनारस बाट isc अध्ययन गर्दागर्दै राजनीतिमा सक्रिय हुन थालेपछि बिचैमा पढाइ छोडेर गाउँ घरमै बस्न थाल्नु भएको थियो।
खुबिराम आचार्य, बिष्णु “प्रदिप” डण्डपाणी शास्त्री,पुरुषोत्तम आचार्य संग संगै पार्टी काममा लाग्नु भयो।
गंगाधर घिमिरे ,खिमानन्द पंथी ,कुलानन्द बन्जाडे ,नरेन्द्र कुमार क्षत्री पिताम्बर रायमाझी समेतको पार्टी समिति सकृय रहेको उहाँले बताउनु भयो।
तत्कालीन समयमा खिमानन्द पंथी लाई MBBS अध्ययन गर्न कोटा आउँदा पनि पार्टीले निर्णय गरेर पढन जान नदिने सबैले मिलेर राजनीति गर्ने भनेर समेत निर्णय गरेको उहाँ भनाई छ।
पार्टी निर्णय बिपरित केही गर्न पाईदैनथ्यो।पंचायती ब्यबस्था कसरी ढालेर बहुदलीय ब्यबस्था ल्याउने भन्ने मात्रै ध्याउन्न मात्र थियो।
पंचायतको दबदबामा पनि नेपाल कम्युनिस्ट पार्टीको प्रभाव पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्म तीब्रतर रूपमा बढेको बेला २०२४ सालमा पार्टी फुटेर नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन र नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) समूह भयो।क्रमश पार्टी कमजोर हुँदै गयो।२०३६ सालको जनमत संग्रहमा पार्टीले संघर्षलाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेर आन्दोलन अगाडि बढायो।समयमा उचित निर्णय लिन सकेन।अन्तिम समयमा मात्र बहुदलको पक्षमा मत दिने निर्णय गर्यो ।समय ढिलो भैसकेको थियो।आखिर जनमत हुँदाहुँदै पनि निर्दलले जित्यो।
खासगरी २०४० सालमा निर्मल लामा संग बिबाद भएपछि पार्टी अझ कम्जोर भयो।२०३१ सालमा मोहन बैध र मोहन बिक्रम सिंहको छुट्टाछुट्टै मोटो “मसाल” र पातलो “मशाल” भएपछि पार्टी तहस नहस भयो।तर त्यत्ति बेला पनि उहाँ मोहन बिक्रम सिंहको मसाल संग रहनु भयो र अहिलेसम्म पनि अबिचलित रूपमा सोही पार्टीमा हुनुहुन्छ।
२०४८ सालको स्थानीय निर्वाचनमा पार्टीले बहिष्कारको निति ल्यायो।धेरै बर्ष पछिको चुनाव भएकोले सबैले निर्वाचनमा भाग लिए पार्टी त झन झन खुम्चिएर गयो।
उहाँको भनाईमा २०३६ सालको बहुदलमा समयमा भाग लिने भनेको भए अथवा २०४८ को निर्वाचनमा बहिष्कार नगरेको भए यो पार्टी नै नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बन्ने थियो भन्ने मनशाय व्यक्त गर्नु भएको थियो।भन्न चाहिँ भन्नू भएन बरु उहाँको जीवन संगिनी चित्रकला ज्यु ले दोहोर्याई तेहेर्याई पार्टीले त्यो गल्ती गरेकै हो भन्नू भयो।
चित्रकला पोखरेल पनि राजनीति प्रशिक्षण बाट पुरै प्रशिक्षित हुनुभएको मैले पाएँ।चुनाब बहिष्कार गर्नु पर्दछ भनेर प्रचार गरियो।हुन्छ को जान्छ ।बरु आफ्नो काम गरिन्छ भनेर भन्ने त बिहानै गएर भोट हालेर आएर हामी शीत साख्यै भए।यो बहिष्कार गर्ने काम कहिल्यै पनि राम्रो हुने रहेन्छ चित्रकलाले भन्नू भयो।
उहाँ २०२३ साल देखि २०४२ साल सम्म जिल्ला पार्टीमा बस्नु भयो।उहाँ लाई क्षेत्रीय ब्युरो केन्द्रिय समितिमा प्रस्ताव गर्दा पनि अस्वीकार गर्नु भयो।खुबिराम आचार्य र गंगाधर घिमिरे केन्द्रिय समितिमा जानू भयो।
स्वर्गीय गंगाधर घिमिरे र मोहन बैध खुबिराम आचार्यका छोरी ज्वाइँ हुनुहुन्छ।खुबीराम आचार्य र उहाँको सम्पुर्ण परिबारले नेपालको लोकतान्त्रिक गणतन्त्रमा पुर्याउनु भएको योगदान धेरै महान भएको कुराकानीको प्रशंगमा बताउनु भयो।
उहाँले राजनीतिक चेतना एटम बम भन्दा शक्तिशाली हुन्छ भन्ने अभिप्रायले जिल्लामै बसेर राजनीति चेतनाको बिकास गर्न प्रशिक्षण दिने काममा निरंतरता दिनु भयो।
यसको अलाबा जनज्योति मा. बि. स्थापना ,जनता प्रा. बि. नेपालेचौर किमडाँडा, गंगा प्रा. बि. चुत्राबेशी ,को स्थापना गर्नमा महत्त्वपूर्ण भुमिका खेल्नु भयो।
उहाँले गुणनिधी भुसालको सहकार्यमा अर्घाखाँची आबासिय मा. बि. को स्थापना गरि करोडौं पर्ने १० रोपनी जग्गा ( दानपत्र ) प्रदान गर्नु भएको छ।गुठी ऐन अन्तर्गत बिधालय संचालनमा आईरहेको छ।
कम्युनिस्ट बिचार बाट प्रभावित उहाँ निकै सरल ब्यक्ति हुनुहुन्छ।
उहाँले आफुले छोरा छोरी पढाउन बुबाको पैत्रिक सम्पत्ति मध्ये २४ रोपनी खेत ,झण्डै १ किलो सुन ,१ क्विन्टल तामा ,५० किलो चाँदी बिक्री गरेको बताउनु भयो।उहाँ खेतिपाती, फलफूल उत्पादनमा सक्रिय समेत हुनुहुन्थ्यो।
राजनीति बाट आफुले केही पाउने भन्दा पनि आफुले जानेको कुरा जनतालाई सिकाएर गाउँ मै बसेर आफ्नो परिबार समाजको निम्ति राम्रै गरेजस्तो लाग्दछ।राम्रो गर्न नसके पनि नराम्रो गरेजस्तो लाग्दिन।आफू सामान्य किसान भएको भन्न रुचाउने साधा जीवन र उच्च बिचारक उहाँको जिबनशैली बास्तबमै अनुकरणीय छ।
त्यो बेलाको त्यो बिचार त्यो शिक्षा बाट प्रशिक्षित अहिलेसम्म पनि एकनासले अबिचलित संघर्षको प्रायबाचक ब्यक्तिको रूपमा स्थापित हुनुहुन्छ।
मानिसले गरेको कोहि योगदान देखिने हुन्छ।केही योगदान बाहिरी आँखाले देखिन्न।
उहाँ हाम्रो नेपाली समाजको एउटा उज्ज्वल नक्षत्र हो।
उहाँका सहकर्मी हरु कतिपय दिबंगत हुनुभयो।कोहि हुनुहुन्छ।
यो सामाजिक संजाल चलाउनु हुन्छ।उहाँ हरुको पछिल्लो पिढिले आफ्नो अग्रजहरु सुनाई दिने कस्ट गर्नुहोला।
उहाँ अहिले ७६ बर्षमा प्रवेश संगै स्वास्थ्यमा विभिन्न रोग संग लडनु भएको छ म संगको कुराकानीमा आफुले ७५% कुराहरु स्मृतिमा नरहेको बताउनु भयो।
यो उमेरमा पनि उहाँ अहिले आफ्नै जन्म ठाउँको फलफूल हरुको सुन्दर बगैंचामा खुशी साथ रमाएर सक्रिय जीवन बिताउनु भएको छ।
उहाँ भियतनाम कम्युनिस्ट पार्टीका नेता होचिमिन्ह को जीवनशैली ( साधारण जनताको जिबनशैली) अपनाएर जीवन जिउनु भएको छ।
विभिन्न रोगहरु संग लडदै आफ्ना सफल सन्तान हरुको प्रगतिमा रमाउँदै छोरा छोरीले सुबिधाजन्य शहरमा जान अनुनय बिनय गरेपनी नजाने प्रण गर्दै जन्म ठाउँमै जीवन गुजारी रहनु भएको छ।
आदरणीय गुरु रामचन्द्र पोखरेल गुरुमा चित्रकला पोखरेलको आगामी जीवन पनि शुखमय र दिर्घजिबनको कामना गर्दछौं।
लेखक सहयोगी बि. सि मालारानी गाउँपालिका वडा नम्बर ५ मा जन्म भै हाल सन्धिखर्क २ चुत्राबेशीमा बसोबास गर्नुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close