सबैमा सदभाव राखौं !

पछिल्लो घटना क्रममा आधारित लेख कोरोना संक्रमित भनेर स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , सफाइकर्मी , विदेशबाट आएका दाजुभाइ , दिदीबैनीप्रति दूर्व्यवहार गरिएका समाचारले यो विपद्को समयमा झनै नुनचुक् लगाएको छ, तसर्थ सवैले सामाजिक सदव्यवहार गरौं

कविताको माध्यमबाट

सफाईकर्मी , स्वास्थ्यकर्मी , सुरक्षाका साथी ।
गर्छन् सेवा जिउज्यानको लगाएर बाजी ।।
सभ्य भन्ने केही अक्कली देख्दा तिम्रो मति ।
अत्याचार किन गर्छौ ? ज्यूँदा ईश्वर माथि !!

आपद् विपद् संसारमा पर्दैन र कसलाई ?
आफूबाँची सकेसम्म बचाऊँ अरूलाई ।।
प्रकृतिले मानिसलाई सिकाउँदै छ विशेष ।
मानिसले मानिसलाई गर्नु हुन्न निषेध ।।

धनसम्पत्ति मानशान सवै होइन रैछ ।
सदभाव राख्ने मान्छे मात्र महान बन्दो रैछ ।।
जे छ आफूसंग त्यही दिई सेवा गरौं !
आफ्नै जस्तो मन हो सवको भन्ने ख्याल राखौं !!
जय होस् !!!

लेखक लुम्बिनी वाङ्मय प्रतिष्ठान, अर्घाखाँचीका अध्यक्ष एवम साहित्यकार पिताम्बर बञ्जाडेको घर सन्धिखर्क नगरपालिकामा प्रर्दछ । उहाँ साहित्यमा कलम चलाउनु हुन्छ । 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close