रातो मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोकमा झडप

रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरासँगै अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् सो लागेर प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।
जिल्ला प्रशासनले धार्मिक गतिविधिमा रोक लगाए पनि सयौँ संख्यामा मानिसहरु जम्मा भएका थिए । प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको छ। प्रहरीले बल प्रयोग गरेपछि निर्देशन अटेरी गरी भेला भएकाहरु तितरवितर भएका छन् ।
कमेन्ट गर्नुहोस !