चिनको जिलिनमा कोभिड–१९ का घटनामा फेरि वृद्धिसँगै लकडाउन घोषणा

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरूलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि वृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close