माघे पर्वको अवसरमा सन्धिखर्कमा कृषि मेला तथा विविध सांस्कृतीक कार्यक्रम आजदेखि हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज कृर्षी मेला तथा विविध सांस्कृतीक कार्यक्रम हुने भएको छ । अर्घाखाँची उधोग बाणिज्य संघ आयोजना र सहआयोजकको रुपमा सन्धिखर्क नगरपालिका ,घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँची ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्यवन इकाई अर्घाखाँची , भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँची रहेका छन ।
सन्धिखर्क नगरपालिका वडा नम्बर २ को त्रिबेणि धाम बागिखोला भद्री खोला घोचेखोलाको संगम स्थलमा उक्त मेला प्रर्दशनी तथा विविध सांस्कृतीक कार्यक्रम पनि हुने छ । यस्तै मेला स्थानिय व्यापारीको पहलमा माघ ३ गते सम्म सांस्कृती कार्यक्रम हुने बताईएको छ ।चर्चित कलाकार विष्णु खत्री,कुशल बेल्बासे लगायतको पनि पस्तुती रहने बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close