अर्घाखाँचीका कुँवर महानिरीक्षक (आईजीपी) मा नियुक्त

काठमाण्डौं ।सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोट घर भएका कुँवर अशल, कुशल र इमान्दार प्रहरी प्रमुखका रुपमा चिनिनुहुन्छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि वरीयता मिचेर महानिरीक्षक नियुक्त हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा यस पटक सरकारले वरीयताको पहिलो नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
कुँवरले एक वर्षसम्म प्रहरीको नेतृत्व गर्नुहुनेछ, त्यसपछि उहाँको अवकाश उमेर हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close