पाणिनी गाउँपालिका ६ छुट्टै आवधिक योजनाका साथ अघि बढ्दै

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले बालमैत्री योजना, वडा प्रोफाइल र आवधिक योजना तयारी सुरु गरेको छ।गाउँपालिकाले समेत गर्न नसकेको आवधिक योजना ६ नम्बर वडा कार्यालयले गरेकोले उदाहरणीय कार्य भएकोे गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो ।

उहाँले अन्य पालिकाको तुलनामा विकास निर्माणको काममा गाउँपालिका अल्ली पछि परेको जसमा राजनितिक विषय बस्तु प्रमुख कारण भएको बताउनुभयो ।यधवी पाणिनी गाउँपालिका मा रहेका अन्य वडाको तुलनामा फरक काम गरेकोमा वडा नम्बर ६ लाई आगामी दिनमा पनि सोहि अनुसार काम गर्न आग्रह गर्नुभयो ।
योजना बनाउँदा सबै वर्गलाई समेटर बनाए मा दिर्घकालीन हुने,गाउँपालिका अपाध्यक्ष नम्रदा पौडेलले बताउनुभयो ।

गाउँपालिकाको योजना गत रुपमा विकासको लागि सबै संग सहकार्य गरेमा मात्र हरेक क्षेत्रको विकास गर्न सहज हुने प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।

योजनालाई क्रमश तरिकाले सम्पन्न गर्नको राजनिति भन्दा पनि जनभावना लाई कदर गरेर काम गर्न सकेमा प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो।
वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले ५ वर्षिय आवधिक योजनाले जनताका आधारभुत आवश्यकता पुरा गर्न सक्ने अपेक्षालिएको बताउँनुभयो । उहाँले यहाँ उत्पादनभएका स्थानिय बालीलाई बजारी करण लाई प्राथमिकता दिने बताउँदै वडा बासीको समस्यालाई राम्ररी अध्ययन गरेको बताउदै त्यसलाई समाधानमा आफु निरन्तर लाग्ने बताउँनुभयो । आफुले चुनावको समयमा जनता संग गरेका बाचा चरणबद्व रुपमा पुरा गदै जाने बताउनुभयो ।


धातिवाङ्गको स्थानिय स्रोत र साधनको प्रयोग गरेर समृद्धि धातिवाङ्ग बनाउन सकिने योजना विज्ञहरुको भनाई छ । योजना बनाउदा आफुसँग जे छ त्यसैलाई प्रयोग गरेर योजनाबनाउँनु पर्ने योजना विज्ञ डाक्टर इन्द्रमणि पौडेलको भनाइ छ।


विषय विज्ञ हिम्मतसिंह लेकाली,ले विना योजना कुनै पनि कार्य गर्न सफल हुन नसक्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close