पूर्णकला बिसिको आवाज “रातो धागो” बोलको दशैंँ गीत सार्वजनिक भिडियो सहित हेर्नुहोस्

अभिनव चौहान / काठमाडौंं।
नेपाली गीत संगीतको क्षेत्रमा कसले राम्रो र फरक खालको काम गर्ने भन्ने होडबाजी नै चलेको छ।बजारमा आएका गीतहरु मध्ये कसैले राम्रो बजार पाएका छन् भने कसैले सोचे जति पाउन सकिरहेका छैनन् ।एउटा राम्रो गीत बन्नको लागि गीत सिर्जना देखि लिएर समग्र भिडियो निर्माण सम्म उत्तिकै राम्रो हुनु पर्दछ।त्यसैगरी निकै राम्रो आशा पूर्णकला बिसिको आवाजमा रातो धागो बोलको दशैंँ गीत आज सार्वजनिक भएको छ। यस गीतमा गरिबीको कारण नेपालीहरु प्रदेशिनु परेको बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गर्न खोजिएको छ।अहिलेको कोरोना जस्तो महामारीको कारण बिरामी हुँदा आफ्ना साथी भाईले पनि बेवास्ता गरेको यथार्थलाई पनि देखाउने कोसिस गरिएको छ। यस गीतमा मिठो आवाजको धनी गायिका पूर्णकला बिसि र नारायण थापाले गाएका छन् भने कृष्ण थापाले शब्द सिर्जना र लय सिर्जना गायक नारायण थापाले आफै गरेका हुन।सन्तोष शर्मा, परी शर्मा र बाल कलाकार जिया भुसालले जीवन्त अभिनय रहेको उक्त गीतमा निर्देशक विष्णु भट्टराईले निर्देशन/ छायांकन तथा सम्पादन गरेका हुन। मंगलम रेकर्डिङ्ग स्टुडियो काठमाडौंं र एफोनिक स्टुडियो बुटवलबाट गीत रेकर्ड गरिएको थियो।समाजको यथार्थ घटनामा आधारित रहेको यस गीतको पूरा भिडियो हेर्न सक्नुहुनेछ। पूरा भिडियोको लागि
कमेन्ट गर्नुहोस !