रहस्यमय धातिवाङ्गको सिद्धेश्वर गुफा ओझेलमा

अर्घाखाँची । पाणिनी गाउँपालिका–६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन् । प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।

परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको हो । स्थानिय भोजराज पौडेलका अनुसार गुफाको नाम ‘शिद्धेश्वर गुफा’ नामकरण गरिएको बताए।’ ढुङढुङ्गे जंगलमा गुफा छ, भन्ने हल्ला पछि जंगलमा पुगेर तत्कालिन समयमा खोजी गरी गुफा भेट्टीएको हो । खेतमा तथा जंगलमा घासँ काट्न जादाँ ओडार छ, भनेर डराउँने गरेको स्थानिय बताउँछन् । स्थानीयले त्यहाँ रहस्यमय गुफा रहेको थाहा पाएपछि हरेक नयाँ वर्षको पहिलो दिन रुद्रीपुजा तथा भजनकृतन गरिदैँ आईने गरेको छ ।

प्रचारप्रसारका लागी चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट ५ लाख रुपैँया विनियोजन भई गुफाको प्रवेशद्धार सँगै आधारभुत संरचना बनाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।’

गुफाको प्रचारप्रसार र गुफाको विस्तृत अध्ययन भने हुन सकेको छैन । ‘गुफाको करिब ४५ मिटर भित्रसम्म मानिसहरु पस्ने गर्छन, ‘त्योभन्दा भित्र पनि गुफा छ, भएपनि कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन ।’ गुफाभित्र अँध्यारो छ । बत्ती बालेर मात्रै पस्न सकिन्छ, स्थानिय शिक्षक हिमलाल पौडेलले बताए ।

कुनै भागमा फराकिलो तथा कुनैमा साँघुरो भएकाले भित्र पस्न गाहृो छ, गुफाभित्र रहेका विभिन्न किसीमका मुर्तिबाट पानीका थोपाहरु खसेको दृश्य देख्न पाईने स्थानिय बुद्धिराम पौडेलले बताए । गुफाभित्र पस्ने ठाउँ साँघुरो रहे पनि भित्र फराकिलो छ । ‘गुफाको प्रचार गर्न सके आन्तरिक पर्यटक बढाउन सकिन्छ । नयाँ वर्षको अवसरमा रुद्री पुजा, भजनकृतन गरिएको छ, स्थानिय भिमलाल पौडेलले भने ।

गुफाको ऐतिहासिक महत्वबारे सबै अनविज्ञ छन् । गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ । गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन । गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवद्र्धनमा आफू लागि पर्नेमा वडाका जनप्रतिनिधी बताउँछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close