अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता वडा कार्यालयबाट हुने

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।
२ महिना सम्म संचालन हुने अभियानमा ४० जना कर्मचारी खट्ने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो ।एउटा वडामा २ वटा स्टेसन हुने छन ।
विभागको आयोजनामा कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत भएको छ ।यता तत्काल परिचयपत्र आवश्यक पर्नेहरुले भने प्रशासन कार्यालयमा आएर बनाउन सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

यो संगै राष्ट्रिय परिचयपत्र बनाउनका अति आवश्यक बाहेकले अब जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ । यो अभियान सन्धिखर्क नगरपालिकाबाट संचालन हुने छ ।यसको कार्यतालीका केहि दिनमा प्रकाशन गरिने जनाएको छ ।
जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिका ६ वटा पालिका रहेका छन ।जसमा ६१ वडा छन। ति वडामा अभियान संचालन हुने छ ।अभियान सफल पार्नको लागि सबैको सहयोग आवश्यक पर्ने भएकाले सबै क्षेत्रबाट सहयोग गर्न जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले आग्रह गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य , मालारानी उपाध्यक्ष दिपा पोख्रेल ,बिभागका निर्देशक सुर्य बहादुर खत्री , सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल , पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु भुसाल,नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल,नेकपा एसका अध्यक्ष रामबहादुर चौहान ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीसुरक्षा निकायका प्रमुख तथ सन्धिखर्क नगरपालिका भित्रका वडा अध्यक्ष तथा वडा सचिव तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम प्रशासकिय अधिकृत सरोज भुसालको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close