कपिलबस्तुमा गाडी खोलाले बगायोे, एकको मृत्यु दुई बेपता

नारद कोहार /कपिलबस्तु
जिल्लाको बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडक खण्डको मोतिपुर स्थित कोइली खोलामा नेपाल विद्युत प्राधिकरणको गाडी खोलामा खसेको छ ।बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको शसस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए । उनका अनुसार गाडीमा सवार ६ जना मध्ये ३ जनालाई सकुशल उद्धार गरिएको छ । भने ३ जना मध्ये १ को शव भेटिएको र २ जना अझै बेपत्ता रहेको उनले बताए ।मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घासका गाडी चालक माधव पाण्डे रहेको शसस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । उक्त घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजी कार्य जारी रहेको छ । गाडीलाई जेसी वि लगाएर बहीर निकालिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close