लुम्बिनी प्रदेशमै जिल्ला अस्पताल अर्घाखाँची उत्कृष्ट

सागर महत /अर्घाखाँची ।
जिल्ला अस्पताल अर्घाखाँची लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ। नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल भएको अर्घाखाँची अस्पतालले जनाएको छ ।अंकको विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पतालहरूमध्ये अर्घाखाँची अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरेको अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो । यस्तै नेपालमै तेस्रो नम्बर समेत परेको छ ।सोहि अवसरमा अस्पतालले चिकित्सक ,स्वास्थ्यकर्मी लगायत लाई सम्मान गरिएको गौतमले जानकारी दिनुभयो।

१५ शय्या बाट बिरामी लाई सेवा दिदै आएको अस्पतालले विशेष गरि ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि यो आर्थिक वर्ष मा मात्र ५३ वटा अप्रेशन गरेको छ । प्रदेशको उत्कृष्ट अस्पताललाई अझै थप सुविधा सम्पन्न बनाउँदै जैजाने अस्पताल विकास समितिका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close