प्रेस युनियन अर्घाखाँची शाखाले पनि स्थापना दिवस मनायो

सन्धिखर्क ।नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले ३२ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा मन्तव्य राख्दै कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनालले समाजमा रहेका सत्य तथ्य समाचार आम जनता माझ ल्याउनको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्का,अर्घाखाँची कांग्रेसका प्रचार विभाग प्रमुख सुर्य भुसाल ,प्रेस युनियनका केन्द्रिय सदस्य प्रेम नारायण आचार्य,कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्मा, लगायतले शुभकामना मन्तव्य राख्नुु भएको थियो ।
कार्यक्रम नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसिको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तव्य र सचिव बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close