अनशन तोडे डा. गोविन्द केसीले

काठमाडौँ – डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन तोडिएको हो।

डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो । सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close