सलामी, मलामी र गुलामीले टिकेको युग

कृष्ण प्रसाद आचार्य /सन्धिखर्क १०,अर्घाखाँची ।

नेपाली समाजमा एउटा भनाइ प्रख्यात छ सलामी , मलामी , गुलामी । नेपाली राजनीतिमा समेत यी तीन शब्दको अनेकौं अर्थ रहला । वास्तवमा यी शब्द नेपालका सुरक्षा निकायलाई व्यंग्य गर्न बनेका हुन । नेपाल समाजको पहिलो समस्या चाहिँ गुलामी हो । गुलामीको अर्थ सामान्तवादसँग जोडिन्छ । पन्चायतकालमा गुलामी घिउ केरा मह कोशेली मार्फत हुन्थ्यो आजकाल गुलामी स्वार्थसँग जोडिन्छ । दुनियाँमा मान्छे मान्छेबिचमा समानता स्थापित गर्छु भन्ने कम्युनिस्ट पार्टी र सारा दुस्खबाट मानिसलाई मुक्त गर्छु भन्ने बौद्ध सम्प्रदायमा समेत गुलामी ब्याप्त छ । यो डरलाग्दो कुरा हो । गुलामी गर्न नसक्ने ठुलाको चाकरी गर्न नसक्ने र स्वाभिमान बाच्नेको युग होइन यो । यो युग त मात्र गुलामीको हो । आमा छोरालाई स्वार्थसहित माया गर्छिन छोरोले सम्पत्तिको आशमा बुबाआमालाइ पालनपोषण गर्छ् ।बेग्लै दुनियाँ बनाउने सपना देख्ने प्रेमिकासमेत मायालाई गुलामी बनाइदिन्छिन । सन्सार यस्तै छ । बौद्ध गुरुकुलीय पद्धति दुनियाँमा गुलामबिहिन निस्वार्थ पद्धति थियोे । बौद्ध परम्परामा यो पद्धति युगौ टिक्यो । हिन्दुहरुले समेत गुरुकुललाई आत्मसात गरे । र त गुरुकुल पूर्वीय दर्शनमा एउटा अभिन्न मौलिकताको रूपमा रहयो । गुरुचेला ,सन्तान अभिभावक प्रेमी प्रेमिका आदिको सम्बन्ध निस्वार्थ रहनुपर्छ भनेर गुरुकुलले सिकायो । आज गुरुकुल छैन । दुनियाँ अर्कै बनेको छ । आज हामी स्वार्थले जेलिएका छौं , समस्याले बाधिएका छौँ ।सामाजिक सदभावबाट टाढा पुगेका छौं ।हाम्रो चिन्तनपद्धति निम्नकोटीको हुँदै गएको छ ।हामी गुलामीमै ब्याप्त छौं १ गुलामीले सामान्य मानवीय सदभाव समेत समाप्त भएको छ ।

अर्को समस्या हो सलामी । नेताको खुट्टाको ढोग्ने र उस्तै परे खुट्टाको पानी समेत खान पछी नहट्ने कुरामा हाम्रो जीवनपद्धतिमै जोडिएको छ । नेताको खुट्टाको फोहोर पानी गङ्गाजल झैं सफा ठान्ने हुल बढेकैले होला हामीलाई कमसल शासकले शासन गरेको ,हामीलाई सधैं दुस्खले घेरेको । चुनावमार्फत जिताएर पठाएका जनप्रतिनिधि मार्फत सरकारमा हामी राम खोज्छौ , सरकारले रामराज्य नल्याएपछि ट्वा पर्छौ । रावणले जितेको दुनियाँमा रामराज्य कसरी स्थापित हुन्छ । कसरी रामले शासन चलाउछन । तीन शब्दमा अर्को शब्द हो मलामी । सानाहरु ठुला बित्दा डाको छोडछ्न । आफ्नु जन्मदिने बाआमा मर्दा नरुनेहरु कुनै सामान्त वा मन्त्री मर्दा रुन्छ्न डाँको छोडछ्म ।यो निर्लज्ज मलामीपन हो। आजकाल निम्नकोटीका मान्छेहरुले मलामी पाउदैनन । यसैले नेपाली समाजलाई सलामी मलामी गुलामी चक्करबाट मुक्त गर्नुपर्छ !!

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close