निर्देशनमा केसीको निरन्तरता,पछिल्लो समयमा उनको निर्देशनमा पूर्वको किरण गीत बजारमा

अभिनव चौहान/काठमाडौं ।
निर्देशन क्षेत्रमा राम्रो दखल भएको नाम हो सुमन सागर जङ्ग केसी ।उनले निर्देशन गरेका गीतहरु बजारमा निरन्तर रूपमा आइरहेका छन्।अर्घाखाँचीमा जन्मिएका केसीले काठमाडौंंमा आफ्नो कर्म गर्दै आएका छन् भने उनको कामलाई सबैले मन पराउदै पनि आइरहेका छन् ।त्यसैगरी पछिल्लो समयमा उनले निर्देशन गरेको पूर्वको किरण बोलको गीत सार्वजनिक भएको छ।
ूपूर्वको किरणूशीर्षकको उक्त गीतमा मौलिकताका साथै गहन विषयवस्तुसमेत समेटिएको छ ।उक्त युगल गीतमा गायिका गौतमलाई गायक तथा संगीतकार सन्तोष बिसीले साथ दिएका छन् ।
यो गीतलाई सन्तोष बिसीले नै संगीतबद्ध गरेका हुन् ।दिपेन्द्र खड्काले गीतका शब्दहरू रचना गरेका हुन् भने नारायण दंगाल यो गीतका संगीत संयोजक हुन् ।गीतको म्युजिक भिडियो पनि गीत जस्तै मौलिकताले भरिएको छ ।
सुमन सागर जङ्ग केसीद्वारा निर्देशित उक्त भिडियोमा ज्योती खड्का र राहुल श्रेष्ठले अभिनय गरेका देख्न सक्नुहुनेछ ।
भिडियोमा नवराज खड्का र खेम थापा मगरको छायांकन, सिलन श्रेष्ठको कोरियोग्राफी तथा सुरेश राउतको सम्पादन रहेको छ ।भिडियोलाई गायिका अञ्जु गौतमको युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ ।
पूरा भिडियो हेर्नुहोस् ।
https://youtu.be/2FyRVBSaovo
कमेन्ट गर्नुहोस !