डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दैःप्युठान अस्पतालमा प्रर्दशन

प्युठान ।प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका ७ तुसाराकि २६ बर्षिय अनिसा एमसि (थापा )को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।
डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा लगाएका छन् ।सुत्केरी अनिसाको अन्तिम अबस्था आउदा अस्पतालले आज बिहान रिफर दिएको थियो । रिफर दिएको एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङको भालुवाङमा सुत्केरी अनिसाको मृत्यु भएको हो। नवजात शिशु भने सकुशल छन् ।
कमेन्ट गर्नुहोस !