डेढ सातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढ्यो

काठमाडौ. । दैनिक उपभोग्य खाद्यवस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढीपहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरेका हुन् ।

चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा डेढ सातादेखि मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । एक सय १० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ ।

त्यस्तै, डेढ साताअघि एक हजार सात सय रुपैयाँमा बिक्री भइरहेको जिरा मसिनो (१ नम्बर गुणस्तर) को २५ किलोको बोरा अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको खुद्रा वयापार संघका कार्यवाहक अध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

उनका अनुसार सबै प्रकारका चामलमा सामान्य मूलय बढेको भए पनि जिरा मसिनो एक नम्बरमा अस्वाभाविक रुपमा बढेको हो ।

त्यस्तै डेढ साताअघि एक सय २५ रुपैयाँ प्रतिकिलो रहेको मुसुरोको दाल अहिले एक सय ६० रुपैयाँ पुगेको छ । ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी सय रुपैयाँ पुगेको छ भने मैदा प्रतिकिलोमा चार रुपैयाँ बडेको छ ।

त्यस्तै खानेतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म मूलयवृद्धि भएको छ । डेढ साताअघि दुई सय ३० देखि दुई सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले दुई सय ६० पुगेको छ ।

त्यस्तै भटमासको तेल दुई सय २५ रुपैयाँबाट बढेर दुई सय ४५ रुपैयाँसम्म पुगेको छ । केही पसलमा भटमासको तेल २ सय ५० रुपैयाँमा कारोबार हुन थालेको छ । नयाँ पत्रिका

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close