अर्घाखाँचीको मौलिक सराय नाच बुधबार बाट समापन

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मौलिक सराय नाच वडादसैंअन्तर्गत दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय नाच यस वर्ष वडादसै यता निरन्तर वर्षा भएकाले सहजताका साथ हुन सकेन ।त्यसको संमरक्षणमा वर्षाका बामजुत पनि युवा देखि पाकापुस्ता लागेका थिए । सन्धिखर्क नगरपालिकाको अर्घाको अर्घा भगवती मन्दिरमा सराय नाच, हिजो (बुधबार) अर्थात पूर्णिमाको दिनदेखि फूलपाती विसर्जन गरी यस वर्षको दसैंसँगै सराय नाच समापन गरिएको छ ।

यो पर्व जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, रागामारे , घेर ,नुवाकोट, ठाडालगायतका देवीका मन्दिर तथा शक्ति पीठमा यो नाच नाचिने गरिन्छ ।तरबार खुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको छ। साथै यो पर्वले एक आपसमा खुशी साटासाट गरि सम्बन्ध विस्तार गर्ने बुढापाकाको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close