लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको मुख्य हात रहेको छःसचेतक निर्मला क्षेत्री

अर्घाखाँची ।नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्बर ४ को देउरालीमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले गठबन्धन सरकारले अब विकास निर्माणलाई तिब्रगतिकासाथ अगाडि बढाउने बताउनुभयो । जबजब मुलुकमा संकट उत्पन्न हुन्छ,तब कांग्रेसको नेतृत्व विना देशले निकास नपाउने ठकुवा गदै लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको नेतृत्व विना सम्भव नरहेको अहिलेको अवस्थाले प्रमाणित गरेको क्षेत्रीले बताउनुभयो ।

यस्तै श्रद्वाञ्जली सभामा बोल्दै सचेतक क्षेत्रीले स्व.ठगिश्वरा भण्डारीको यही मंसिर १ गतेका दिन ७२ वर्षको उमेरमा भएको दुखत निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभएको छ ।साथै स्व.भण्डारीले पार्टीलाई देखाएको मार्गदर्शनमा आफुहरु लाग्ने बताउदै शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन भनी समवेदना प्रकट गर्नुभएको हो ।कांग्रेस सन्धिखर्क नगरपालिकाका पुर्व सभापति विनोद आचार्य लगायतको सहभागिता रहेको कार्यक्रममा वडा नम्बर ४ का कांग्रेस सभापति मुक्तिराम भण्डारीको अध्यक्षता र उपसभापति धुब्रराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close