अर्घाखाँचीमा सार्वजनिक यातयातमा यात्रा गर्दा अपाङ्गता भएका ब्यक्तीलाई ५० प्रतिशत छुट दिइने

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तीहरु लाई सबारी साधनमा यात्रा गर्दा ५० % छुट पाउने भएका छन।सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ र नेपाल राजपत्र भाग ३,२०७७ मा सिट आरक्षण र छुट दिने भनेता पनि त्यो कार्यनयन हुन सकेको थिएन ।
जसअन्तर्गत सोहि अभियान लाई सफल पार्नको लागि जिल्लामा रहेर अपाङ्गता क्षेत्रमा काम गदै आएको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थपना केन्द्र अर्घाखाँची शाखाको पहलमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी नायब उपरिक्षक अमर थापा र जिल्लामा रहेका सार्वजनिक यातयातका समितिको संयुक्त बैठकले सोहि निर्णय गरेको अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थपना केन्द्र अर्घाखाँची शाखाका सुपरभाइजर सुमन ढुंगानाको जानकारी दिनुभयो ।

अभियान लाई सफल पार्नको लागि सृर्जनशिल अपाङ्ग सरोकार केन्द्र अर्घाखाँचीले पनि सोहि संस्था संग समन्वय गरेर काम गरेको संस्थाका अध्यक्ष फर्सुराम पाण्डेले बताउनुभयो ।
यता आरक्षण सिटको पनि व्यवस्था गर्नको लागि तथा अभियान लाई सफल पार्नको लागि मंसिर २० गतेको प्रशासन कार्यालय अर्घाखाँचीको निर्णय अनुसार सार्वजनिक यातयातका टिकट काउन्टर अगाडि होर्डिङ बोर्ड समेत राखिएको छ । अभियान आज बाट लागु हुने छ ।यदि यात्रा गर्दा छुट नपाएमा प्रहरी चौकीमा खबर गर्न समेत अनुरोध गरिएको छ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close