माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ । शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन्। माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। ​उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close