सन्धिखर्कमा समाचारपोष्ट डटकमको कार्यालय नगरप्रमुख भुसालद्वारा उद्घाटन

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रतिभा मल्टिमिडिया नेटवर्क प्रा.लि द्वारा संचालित समाचारपोष्ट डटकमको कार्यालय उद्घाटन गरिएको छ ।कार्यालयको उद्घाटन सन्धिखर्क नगरपालिका प्रमख कमलप्रसाद भुसालले रिवन काटेर उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख भुसालले भन्नुभयो समाचार संकलन गर्दा जहिले पनि सत्य तथ्यमा आधारित रहेर मात्र लेख्ने कुरामा जोड दिनुभयो ।यस्तै स्थानीय स्तरमा संचालनमा आएको अनलाईनले बस्ती बस्तीमा पुगेर लुकेर रहेका खबरहरु लाई बाहिर ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भुमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे,कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य भुसाल,समाचारपोष्ट डटकमका संचालक समिति अध्यक्ष बाबुराम भुसाल ,समाचारपोष्ट डटकमका प्रधान सम्पादक प्रेमनारायण आचार्य,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,प्रेस चौतारी नेपालका निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष सरिता भुसाल,मानव अधिकार तथा शान्ति समाजका पुर्व जिल्ला सभापति अशोक पौडे्ल, कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष एवं समाचारपोष्ट डटकमका कानुनि सल्लाहकार कृष्ण बर्मा लगायले मन्तव्य राखेको कार्यक्रममा अनलाईले हरेक नागरिकको आवाजमा समावेशी तरिकाले पाठक वर्गमा सकारात्मक संन्देश दिन आग्रह गरेका थिए ।साथै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।कार्यालय सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको साथि होटलको भवनमा रहेको छ ।

कार्यक्रम समाचारपोष्ट डटकमका प्रकाशक भिम बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

May be an image of 5 people, people sitting, people standing and indoor

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close