अर्घाखाँची प्रदेश सभा(१)मा एमालेका चेतनारायण आचार्य विजयी

सागर महत,अर्घाखाँची ।अर्घाखाँची प्रदेशसभा (१) मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी हुनुभएको छ ।उहाँले राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गर्दै विजयी हुनुभएको हो । आचार्य ७ सय ४० मतले विजयी हुनुभयो । आचार्यले २० हजार ५ सय १८ मत ल्याउनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका केसीले १९ हजार ७ सय ७८ मत पाउनुभएको हो।
नेकपा एमालेको केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज समेत रहनुभएका आचार्य २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा (क)मा निर्वाचीत हुनुभएको थियो ।उहाँ यस अघि लुम्बीनी प्रदेशको कानुन मन्त्री समेत बन्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close