सुपा देउराली मन्दिर सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर संरक्षण समितिको भनाइ

सागर महत सन्धिखर्क ।
अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मन्दिर सार्ने भ्रामक समाचार आएपछि मन्दिर संरक्षण समितिले खण्डन गरेको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नाले नकारात्मक संदेश गएको बताउनुभयो । समितिका सचिव हरि खनालले मन्दिरको पहिँचान कसैले मेटाउन नसक्ने भन्दै गलत नियतले समाचार सम्प्रेषणको भएको बताउनुभयो ।सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।

शितगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बाबु बाजेका पाला बाट नै यस्को महत्व कायम हुँदै आएकाले मन्दिर जहाँ छ ।त्यहि नै रहने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close