कांग्रेस अर्घाखाँचीद्वारा खाँचीकोटको चुनढुंगा उत्खनन बन्द गर्ने निर्णय , चुनावमा अन्तरगात गर्नेलाई कार्बाही

सागर महत/ अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटमा उत्खनन गरिएको चुनढुंगाले वातावरणीय प्रभाव परेको भन्दै उत्खनन बन्द गर्ने निर्णय गरेको छ ।आज बसेको जिल्ला कार्य समितिको बैठकले जथाभावी चुनढुंगा उत्खननले वातावरणमा प्रभाव परेको तथा भन्दै उत्खनन बन्द गर्ने निर्णय समेत गरेको हो ।

विपि स्मृति भवन सन्धिखर्कमा आज बसेको बैठकले वडा कार्य समितिबाट परेको उजुरीका आधारमा स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई अन्तर्घात गर्ने १० जना नेतालाई निलम्बन गरेको छ । वडा कार्य समिति , पालिका समिति , प्रदेश क्षेत्रीय समिति हुँदै अनुशासन समितिले गरेको सिफारिसका अनुसार १० जना नेताहरूलाई निलम्बन गरिएको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो।
यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्ना निवासी नेपाली कांग्रेसका नेता बाबुराम चुदाँलीको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठक जिल्ला सभापति केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close