नक्कली प्रशासकीय अधिकृत पक्राउ

डम्मर बुढा मगर बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको शहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।
प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
प्रहरीले निजामति कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरहेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू ९स्ट्याम्प०, ल्यापटप, नगद रु ६३ हजार, पेनड्राईभ लगायतका दशिका सामानहरू फेला पारेको उहाँको भनाई छ ।
कमेन्ट गर्नुहोस !