सन्धिखर्क नगरपालिकाद्वारा अर्घाखाँची अस्पताललाई शबवाहन हस्तान्तरण

अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई शबवाहन हस्तान्तरण गरेको छ ।जिल्लामा नभएको सेवा विस्तार गर्ने उदेश्यका साथ नगरपालिकाले खरिद गरि अस्पतालका लाई चापी र बिलबुक सहित हस्तान्तरण गरिएको नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।यस्तै सन्धिखर्क नगरपालिकाको सहयोगमा नै अस्पतालमा आँखाको बहिरङ्ग सेवा, शिघ्र कुपोषणका लागि एकीकृत व्यवस्थापनका लागि बहिरङ्ग उपचार केन्द्रको सेवाको पनि नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालका अनुसार करिव २५ लाखमा खरिद गरिएको शबवाहन अस्पतालाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिना अर्याल,अस्पतालका प्रमुख डा. जगनाथ तिवारी, सन्धिखर्क नगरपािलका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली,अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close