कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया पक्राउ

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रकाउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो। सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close