अर्घाखाँचीमा डान्सिङ च्यापियन टिभी ऋयालिटीसो पौष १० गते बाट छनोट कार्यक्रम हुने

अर्घाखाँची ।अर्घाखाँचीमा यही पौष १० गतेदेखि सुरु हुने छमछमी इन्टरटेनमेन्ट प्रा.लिद्वारा पत्रकार सम्मेलन गरिएको छ । जसअन्तर्गत मेरो कलाको साक्षी लुम्विनी प्रदेश स्तरीय नेपाली डान्सिङ च्यापियन टिभी ऋयालिटी सो हुन लागेको पत्रकार सम्मेलनमा प्रा.लिका अध्यक्ष सुमन पौडेलले जानकारी गराउनुभएको थियो।
गाउँघरमा विविध कारणले कुनै मानिसमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गरी बाहिर ल्याउनको लागि टिभी ऋयालिटी सो कार्यक्रमको आयोजना गरिएको बताउदै ढुक्क भएर व्यक्तिमा भएका प्रस्तुतीलाई देखाउनको लागि आग्रह गदै आफु आफ्नो संस्था कला सस्कृतिको रक्षा प्रबद्र्धन र विकासको निम्ति विगत केही बर्ष यता कपिलबस्तुमा दर्ता भई नेपालका विविध ठाँउमा कार्यक्रम गरेको बताउदै कार्यक्रममा उचित प्रतिभा देखाउने व्यक्तिलाई प्रथम पुरस्कार १ लाख द्धितीय पुरस्कार २५ हजार तृतीय पुरस्कार १० हजारको व्यबस्था गरेको बताउदै ढुक्क भएर कार्यक्रममा सहभागिता जनाउनको लागि आग्रह समेत गनुभयो कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसक्नेलाई अनलाईनको समेत को व्यबस्था गरेको बताए । त्यसका लागि फर्म भर्न सुरु गरेको बताए । कार्यक्रम संस्थाका अध्यक्ष समुन पौडेलको अध्यक्षता पत्रकार अराज बेल्बासेको स्वागत मन्तब्य पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close