विद्युतीय घटनाको अवस्था गम्भीर बन्दै

बुटवल। रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको सरोकारवाला निकायहरुले गुनासा गरेका छन् ।मंगलवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा विद्युतीय अपराध र मानव अधिकारको अवस्था विषयेक साक्षात्कारमा बोल्ने सरोकारवाला निकायहरुले यस्तो गुनासो गरेका हुन् । पछिल्लो समय जिल्लामा सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र जसमा बालबालिका र महिलाहरु बढी पीडित बन्न पुगेको बताएका थिए ।

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानमा मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यन्वयन पक्ष फितलो भएको बताए । कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

संविधानमा लिपिबद्ध रहेका अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यावहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको जनाए ।

खनालले भने, महिला हिंसा विगतको भन्दा हाल केही सुधारिएको छ तर सन्तोषजनक छैन् । बढ्दो विद्युतीय अपराधलाई कानुनी कट्घरामा प्रहरी पनि प्रविधिमैंत्री हुनुपर्ने हुन्छ । अपराध गर्नेहरुले नयाँ टेक्नोलोजी अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्नेमा सुझाए ।

उच्च अदालत बार एशोशियन बुटवलका पूर्वअध्यक्ष जोखवहादुर खत्रीले नागरिकका समस्याहरु प्रहरीमा उजुरी परेपछि पीडितहरुलाई दिने मनोपरामर्श सुरक्षित नभएको जिकिर गरे । आफु कानून व्यवसायी भएकाले पछिल्लो समय अदालतमा विद्युतीय अपराधका घटनाहरु बढ्दै गएको देखिन्छ । साइबर क्राइमले समाजमा विभिन्न खालका आर्थिक, यौन शोषण र मानव बेचबिखन जस्ता अपराधबाट समाज र महिलाहरु त्यसको पीडित बन्न पुगेकाले संविधानमा उल्लेख गरिएको विद्युतीय कारोबार सम्बन्धि कानूनलाई कडाईका साथ लागू गरी यस्ता खालका घटनाहरुलाई कानूनी कट्घरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । खत्रीले अहिले बैंकिङ उजुरीमा प्रहरीले असहयोग गरेको गुनासो पीडितहरुले गर्दै आएको र बलात्कार सम्बन्धि उजुरीमा प्रहरीले चासो नदिएको दुखेसाहरु आउने गरेकाले प्रहरी संगठनले विशेष रुपमा ध्यान दिनुपर्ने सुझाए ।

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानमा मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यन्वयन पक्ष फितलो भएको बताए । कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

संविधानमा लिपिबद्ध रहेका अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यावहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको जनाए ।

खनालले भने, महिला हिंसा विगतको भन्दा हाल केही सुधारिएको छ तर सन्तोषजनक छैन् । बढ्दो विद्युतीय अपराधलाई कानुनी कट्घरामा प्रहरी पनि प्रविधिमैंत्री हुनुपर्ने हुन्छ । अपराध गर्नेहरुले नयाँ टेक्नोलोजी अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्नेमा सुझाए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख विजयराज पण्डितले हिजो भौतिक रुपमा हुने अपराध आज विद्युतीय मार्फत् हुने भएकाले अपराधको अवस्था बदलिएको छ । यसको नियन्त्रणका लागि प्रहरी संगठनभित्र हामी पनि प्रविधिको ज्ञानमा सशक्त हुनुपर्छ।

प्रहरीले उजुरी लिएन भन्ने गुनासोमा उनले भने घटनाको प्रकृति र आवश्यक प्रमाण नभएको घटनामा हामीहरुले सोही प्रकारको सल्लाह दिने र प्रहरीको क्षेत्राधिकारभित्र नपर्नेलाई सम्बन्धित निकायमा पठाउने गरेको बताए । उनले मानव अधिकारको विषयमा आफुहरु जहिले पनि सचेत भएर काम गर्दै आएको बताएका छन । उनले शान्ति सुरक्षा कायम गर्नको निम्ति प्रहरी अहोरात खटिरहेको बताउदै यसको निम्ति नागरिक समाज र मिडियाको पनि विशेष भुमिका रहने बताए ।

साक्षात्कारमा बोल्दै इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीले अपराधका नयाँ नयाँ घटनाहरु आउन थालेका बताउँदै, घरपरिवारबाटै बलात्कारका घटना र विवाहको प्रलोभन र जागिर लगाइदिने जस्ता लोभ देखाएर हुने प्रकृतिका महिला हिंसा बढेको बताइन् । उनले भनिन् आफ्नै पारिवारबाट महिलाहरु सुरक्षित छैनन् । जसले गर्दा स्थानीय तहदेखि नै नियम कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

बिसीले भन्छिन्, जिल्लाको दक्षिण क्षेत्रबाट प्रहरीले हाम्रा मुद्धाहरु दर्ता गरिदिएन भन्ने खालका गुनासाहरु आउँछन् । जिल्लामा मानव अधिकारको अवस्था हेर्दा कुपोषणको समस्या रहेको प्रति सम्बन्धित निकायहरुले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close