सागर महत,असार ७सन्धिखर्क । ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित लामपाटी दरबारमा श्री ३ जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्ती दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे ले ऐतिहासिक लामपाटी दरबारको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले पूर्व प्रधानमन्त्रीसमेतसँग जोडिएको यस स्थलको ऐतिहासिक पहिचानबारे थप अध्ययन तथा अनुसन्धान गर्न विशेषज्ञ टोली परिचालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

मन्त्री घिमिरेले पछिल्लो समय अर्घाखाँची आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै सुपादेउराली मन्दिर, नरपानी, अर्घा भगवती, मालारानीको नृसिंहस्थान तथा पाणिनी तपोभूमि जस्ता धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटकको आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले गोपेश्वर पीठ, लामपाटी दरबारदेखि बल्कोटसम्मको क्षेत्रलाई समेटेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको समेत औँल्याउनुभयो।

लामपाटी दरबारसँग सम्बन्धित गुठी जग्गा अतिक्रमण भएको विषयमा बोल्दै मन्त्री घिमिरेले त्यसबारे आवश्यक निर्णय र फैसला सम्बन्धित निकाय, जस्तै मालपोत कार्यालय वा अदालतबाट हुने बताउनुभयो।
सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष ऋषप अधिकारीले यसको क्षेत्रको परिचयलाई थप प्रभावकारी बनाउनको लगि प्रदेश सरकारबाट यो क्षेत्रको परिचय खुल्ने बोर्डहरु आवश्यक रहेको बताउनुभयो । हामीले यस क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले विगतको समयमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गुठीको विवादीत जग्गाको समधान गर्छु भनेर बाचा गरेकोमा अहिले सम्म समधान गर्न नसकेको आरोप लगाउनुभयो ।

इतिहासविद् लेखबहादुर टण्डनले जङ्गबहादुर राणाको शासनकाल, मुलुकी ऐनको निर्माण, बेलायत भ्रमण तथा तत्कालीन नेपालको सामाजिक र राजनीतिक अवस्थाबारे विस्तृत चर्चा गर्नुभएको हो ।मालपोत कार्यालयले लालपुर्जा समेत प्रदान गरेकाले गुठी जग्गा विषयमा नकारात्मक विषय उठाएको स्थानीय शोभाखर भुसालको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रतिनिधि विशाल खनाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम छत्रदेव गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ स्वागत मन्तव्य मथुरा गोपेश्वर पीठका अध्यक्ष ढुडिराज अधिकारीको अध्यक्षता नारायण भट्टराईको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति बाबुराम पौड्ेल ,एमाले नेता प्रेम गैरे लगायतको पनि सहभागतिा रहेको थियो ।




















