छत्रदेव ४ र ५मा जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा “जनप्रतिनिधिसँग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रम अन्तर्गत वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय तथा वडा नम्बर ४ स्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

 


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनी पन्थी ले विद्यार्थीका समस्या, आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा बुझ्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो।

 


त्यसैगरी, छुट्टाछुट्टै कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल तथा वडा नम्बर ४ का अध्यक्ष भिमलाल खनाल ले विद्यालयसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले आफूहरूले निरन्तर शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था, शौचालय सुधार, खेलमैदान निर्माण, विज्ञान प्रयोगशालाको स्थापना लगायतका विषयलाई प्राथमिक समस्याका रूपमा प्रस्तुत गरेका थिए।
ग्रामीण स्वास्थ्य विकास केन्द्र अर्घाखाँचीको सहजीकरणमा सम्पन्न कार्यक्रमले विद्यार्थी र जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation